समान छैन छानु
वोल्लो घर पल्लो घर समान छैन छानु
कुनै अग्ला कुनै होचा समान छैन छानु
भोक मिठो भोजन भन्दा त्यो त हो है हेर
,,,,,र पनि त कहा छन र बरबर मानु
सुनको थालमा खाने पनि भातै खाने गर्छन्
एक छाक चामल पाउँदा कोहि दङग पर्छन्
असमानता पर्याप्त छ त्यो त हो है हेर
साहुको रिन तिर्न नपाइ धेरै यहा मर्छन् ।।।।
आदर्शको कानुन भित्र माखेसाङ्ला लुक्छन्
मान्छे ठूला बिचार साना तर अझै भुक्छन्
आधा गाग्रा छचल्किन्छ त्यो त हो है हेर
बोलेजति पुर्याउन त्यस्ता सधै चुक्छन्
अझै पनि तिमीलाई घच्घच्याउछु सानु
कतै होला भोकमरी कतै सुनको छानु
बुझ्नुपर्ने धेरै हुन्छन् त्यो त हो है हेर
यत्तिकैमा भोलि आए थाप्नु पर्ला मानु
कुनै अग्ला कुनै होचा समान छैन छानु ।।।
कति मिठा बात
मानबता हो ठूलो कान्छि मान्दिन म जात
नपाएमा तिमीलाई कति रुन्छु होला
जती च्याप्यो उती प्यारो कोमल तिम्रो हात
मानबता हो ठूलो कान्छि मान्दिन म जात
सरिरका अङ्ग अङ्ग तिम्रो प्यार मिठो
गर्नु सानु रातैपिछे धेरै मिठा बात
मानबता हो ठूलो कान्छि मान्दिन म जात
डाडू पन्यो तिमी चलाउ हुदा त्यहा भोज
मिठै मानि सबले खन्छन् तिम्ले देको भात
मानबता हो ठूलो कान्छि मान्दिन म जात
समिप्यमा कहिले आउँछ्यौ मेरो बिस्तारामा
रमाईलो पक्कै हुन्छ इतिहास रच्ने रात
मानबता हो ठूलो कान्छि मान्दिन म जात
जातभन्दापनि मलाई प्यारो तिम्रो साथ
मानबता हो ठूलो कान्छि मान्दिन म जात
साथी तिम्ले
लाल्छाना नि लायौ साथी इज्जतसंग खेल्न आट्यौ
पानीसिस्नो लाउन आथ्यौ जङ्गल यो जाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी
फूल अबिर लाउनभन्दा जुत्ता माला लाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी
रक्सी नि त बाँडेथ्यौ रे मेरै गित गाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी
स्वतन्त्र छाडिदिए जे चाहन्छ चाओस भनी
देबी देउता तिम्ले भाग्दा मैले हन्डर खाओस भनी
तिम्ले मलाई दुख कष्ट जे जति नै दिएपनि
पुकार गर्छु ज्ञान तिम्रो संसारमा छाओस भनी
देबी देउता तिम्ले भाग्दा मैले हन्डर खाओस भनी
पुकार गर्छु ज्ञान तिम्रो संसारमा छाओस भनी!!!
अबका रातहरु ...
जब बितेका हुन्थे कमै रातहरु
रविले गिज्याई गिज्याई कमै हेर्थे
तिम्रा आकंक्षाका सास न्यून नै फेर्थे
बिग्रेका दिनहरु बड्न नपौदै
चिप्लिएर अस्तित्वोमा लड्न नपाउदै
छोडिदिएको भए ती हातहरु
कति रमाईलो हुने थियो अबका रातहरु।
सफलताको डोरी नकाटिएको भए
निरन्तर साहश नफाटिएको भए
ति क्षणहरु आहाँ सम्झदा
विपनी किन बित्थे ब्यर्थ म रुंदा
छोटिएका भए ती मिलनका दिन
लामो यात्रा भइदिएको भए एकैछिन
सताउने पक्कै थिएनन् ती रातहरुले
झस्काउने पक्कै थिएनन् ती बातहरुले
छोडिदिएको भए ती हातहरु
कति रमाईलो हुन्थ्यो अबका रातहरु।।
जन्मदिनमा सुरुवात चुम्बन नखाएको भए
संगै बसी पिरतीको गीत नगाएको भए
आजलाई बिर्सिएर भोलि साच्नु ब्यर्थ किन?
सानो घर, सरोम रशिका सब आत्मालाई दुख दिन
रुदिनथेँ तिम्रो घर बारम्बार नधाएको भए
के हुन्थ्यो र छुटाउने पिरती नलाएको भए
हिजै बुझ्नुपर्ने मैले धोका रुपी बातहरु
परै राख्थे होला सायद पापी मेरा हातहरु
रमाईलो त पक्कै हुन्थ्यो अब आउने रातहरु…
हिजै छोड्नुपर्थ्यो हातहरु
जब बितेका हुन्थे कमै रातहरु…।।।।।
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी.....
भात किन खान्छौ साथी ??????
फर्किएर मैले सोधेँ बाच्दैनौ र भुस्ले?
रिसाएर मलाई सोध्यो गोरु ठान्यौ क्या हो?
मैले भने सबै गाई तिम्रै हुन र प्याओ?
निहु किन खोज्छौ साथी मिल्नलाई भन्यो
यता मैले गन्न थाल्दा उता उस्ले गन्यो
अड्काउछ्स् बिचमा किन उसले मलाई सोध्यो
हात खुट्टा बाँधिदीयो गोद्नु मलाई गोद्यो
हस्पतालमा भेट्न आथ्यो हाइ के छ साथी
अझै पनि धारे हात लगाउदै म माथी
कानमा आई धम्की दियो कस्तो हुन्छ देखिस्?
पत्रकारलाई फर्कि भन्यो भेट्न आको लेखिस्?
आइन्दा घर छोडी कतै त नजालास्
तेर्स्याएर हात भन्यो नत्र फेरी खालास्
हात दिएँ मिलाउनलाई तिरस्कार भयो
पत्रकर देख्यौ तिम्ले भन्दै उ त गयो
पत्रिकामा समाचार हाम्रै आ'को र'छ
त्यस्मा पनि आलोचना मेरै भा'को रछ
भाँचिएको हात छाम्दै रुन पो थालेछु
धत्! दुधको सागरमा बिष पो हालेछु
सुन्दर धादिङ हाम्रो सपना......
गुलाब तुलसी उखालेर बनमारा सार्नेहरु
अनुरोधको याचना म पल पल कराईरहन्छु
सुन्दर सपना स्रिजनाको त्यही स्वप्नमा हराईरहन्छु
बिन्ति आखा अब आसुमा अस्तित्व पाईदैन
सन्तुष्टी शान्त सौम्य अरुले पुर्ण भो चाहिदैन
आज थोपलका किनार माछा मार्ने रहर छ
शान्त सुक्ष्म अटल त्यै खोलामा विशाल शहर छ
गाउदै रमाउदै सदा म त्यो तटमा डुलिरहन्छु
तल-माथी मेरो धादिङ सुन्दर नगरमा म भुलिरहन्छु
त्यसैले त अब म चमेलिया गुराँस सार्दै छु
भो, धादिङ धेरै घोचियो अरेली नानिझार मार्दैछु
तिम्रो हातको स्रिजना ममा सुम्पन सक्यौ भने
दिनु त छदै छ आश मार्न पनि सक्यौ भने
सुन्दर धादिङ हाम्रो सपना परिकल्पना भोलि को हो
स्व:स्वार्थलाई तिलान्जलि नत्र भबिष्य झोलीको हो
उठौँ लागौँ कर्तब्य पथमा हात हाम्रा चिलाईरहेछन
यही त हो उठ्ने बेला जहा शोषक बिलाईरहेछन
बिस्वास राख आ-आफैमा हिमाल त्यसै हाँसिदिन्छ
नधोएमा रगत अब थोपल सधै बाँचिदिन्छ
त्रास बोक्ने खुला आकशमा कोइलीले गाउनेछन्
बन्दुकमा खुम्चिएका बनपाखा द्रिढतामा सुसाउनेछन्
मरी लानू के छ र भन्दै खेल्नेछन् डाडाहरु
भाई-भाई त मिल आफै पन्छिनेछन् कांडाहरु
मधुर ती स्वरहरु अधुराछन् बूढा
अतितका ती रातले सतायोकि कतै
बारम्बार बाडुल्की त मलाई पनि आउँछ
दुईजिउ मेरो बतासले बतायोकि कतै
निदरीमा पनि त म सिरानीलाई च्याप्छु
आफ्नै तनलाई गाली गर्छु छटायोकि कतै
छल्दो रैछ अधेरीमा कोही छाम्छु छेउमा
दैवले नै रातकोलागी खटायोकि कतै
पीरमा डुब्छु बिहानीमा छामीहाल्छु पेट
राक्षसले रातै यस्लाई घटायोकि कतै
मधुर ती स्वरहरु अधुराछन् बूढा
कोही आई तारहरु कटायोकि कतै
मताएर जवानी ......
संसारको भुल कत्रो दोष त हाम्रो होईन
मताएर जवानी पुल्पुल्याउनु राम्रो होईन
पराईको चाम्रो अरे आफ्नु राम्रो भन्छ स्वार्थ
छाला उही गाला उही कुनैपनि चाम्रो होईन
काली पनि गोरी बन्छन गोरी काली अरे
सम्बोधनमा प्रेम हुन्छ रुप राम्रो होईन
राम्री भन्दै रुप खादै बाँच्ने को पो होला
परमेश्वरले दिन्छन जोडा रोजाई हाम्रो होईन
आउछ जे पाईन्छ त्यही बुझ्नु अब साथी
मताएर जवानी पुल्पुल्याउनु राम्रो होईन
I still love you !!!
"गुरुर्ब्रह्मा गुरुबिष्णु गुरुदेव महेश्वोर ! "
नि:शन्देह आज म भन्न सक्छु ,
"गुरुर्ब्रह्मा गुरुबिष्णु गुरुदेवमहेश्वोरागुरुदेव परम्ब्रह्मा तस्मै श्री गुरुवे नम:"म जे छु त्यो गुरु कै क्रिपा हो। जन्मदिनासाथ आमा मेरो निमित्त प्रथम् गुरु भएर आउनुभयो: जब मैले बामे सर्न थाले तब बाबुले गुरुको रुप लिए। क र ख को तालमा बार्हखरी समाउदा गुरुले हात समाईदिनुभयो। त्यही हातको साहाराले मैले धेरै लेखेँ, पढेँ अनि बुझेँ। हो ! तिनै त्यस्तै गुरुलाई मेरो प्रणाम। सच्चरित्रता र ब्यबहारिक बाटो देखाउने गुरु बास्तबमा गुरु हुन। त्यस्ता गुरुहरु कमै होलान तर सर्बब्यापी छन्।सदगुरु परमेश्वर समान सर्बब्यापक सर्बज्ञ, सर्बशक्तिमान र क्रिपालु भई अज्ञान स्थलमा चेलाको चाल बुझ्नुहुन्छ। कोहि रमाउदा उन्मुक्त्त हासो हाँस्नु पनि हुदैन र रुनु पनि। बिजयमा हाँसेर पराजयमा रुने शिष्य वास्तबमा शिष्य होईन। अनपढ्, अज्ञानी र फटाहाले पनि त सफलता मनाउने गरेकै हुन असफलतमा खिन्न हुने गरेकै हुन। यि त परम्परका रुढिबादी संस्कार हुन तदर्थ: आजको शिष्यले युद्ध जितमात्र होइन भन्ने बुझ्नुपर्छ, फुलमाला र वाह! वाह!! सफलताका पर्याय होइनन् भन्ने चाल पाउनुपर्छ। हाँस्दैमा रमायो भन्ने सोच र रुदैमा हार्यो भन्ने भ्रम जसले हटाउन सक्छ उ असल शिष्य हो र जसले हटाईदिन्छन् उनि सदगुरु हुन। यस्ता कर्य गर्न वा गराउन केबल गुरुमात्र सक्षम छन् कारण:"न गुरोरधिकं तत्वम् न गुरोरधिक तपम्तत्वज्ञानत् परम् नास्ति तस्मै श्री गुरुवे नम:"गुरु वास्तबमै अनन्त हुनुहुन्छ। यो अनन्त भण्डारको प्रारब्ध धन भएर बसीरहेको हुन्छ। हमीलाई पक्कै थाहा छ: अनन्त सदा अनन्त नै रहिरहन्छ चाहे यो घटाइयोस, जोडीयोस्, भाग गरियोस् या त गुणा किनभने अनन्तबाट अनन्त घटाएमा अनन्त नै बाँकी रहन्छ, अनन्तलाई अनन्तले भाग गरेपनि त्यो अनन्त नै रहिरहन्छ। यस्ता महान् गुरुको लगौटी नसमाएर उफ्रिन तल्लिन धेरै गोरुहरु देख्न सकिन्छ जो आफैमा हांस्यप्रद छन् तर अरुको ब्याबहारमा हाँसेर अफैले आफ्नै आङ्को छारो उडाइरहेका हुन्छन्। गुरुको पत्ता नलागेको त्यस्ता गोरुहरुलाई गर्नै पो के सकिन्छ र? भिरबाट हाम्फाल्ने बाच्छोलाई राम्! राम!! नभनेर काँध थाप्न चाहि पक्कै गइन्न।गुरुको अनेकन महिमा गाउंदा एउटा प्रस्न उठ्न सक्छ, के गुरु गोरु भएको क्षणपनि होलान? यस प्रस्नमा म ठाडै भन्न सक्छु अहँ! कदापी हुन सक्दैन। गुरु त सर्बमान्य हुन महान हुन जो सार्थक जीबनको सगरमथा चढेर हमीलाई त्यतैतिर डाक्न कटवाल कराउनुहुन्छ "गुरुआर्दिअनादिस्च गुरु परम देवतम्गुरोर्परतरम् नास्ति तस्मै श्री गुरुवे नम:"तर धेरै गोरुहरुले गुरुको भेष धारण गरेको कुरालाई म नकार्न सक्दिनँ। यदी त्यसो नहुदो हो त वासको छडिले गुरुको हातलाई कहाँ शोभा दिन्छ र? अपशब्द, सजायँ अनि तिरस्कारले एउटा शिष्य जीवनदेखीनै हार खाएर इच्छा आकंक्षा र अभिलाशामा पुर्णबिराम दिइहाल्थ्यो होला र? वास्तबमा त्यस्ता क्रुरताहरु गुरुका बिशेषता नभएर गोरुका हुन जो मौका मिल्नासाथ कुनै न कुनै कुनाबाट हानिहाल्छ: फलत आजका धेरै जसो बिधालय नाटकमा गुरुको भेषमा सजिएका गोरुहरु हुन जस्को पुच्छर लुकाइएको प्रस्ट देख्न सकिन्छ।अन्तत्: सच्चा गुरुहरुलाई आज गुरु पुर्णीमाको दिनमा मेरो सर्हिदय धन्यबाद।!!!!!
रेविज लाग्न सक्छ..
सहरमा कुकुरहरु छ्यास्ब्यास्ति छन् रे
कहिले टन्टलापुर घाममा तातिन्छन् रे
कहिले सडकपेटीमा उफ्रिउफ्रि मातिन्छन रे
सोझा साझा आए घुक्छन रे
बलिया कोहि आए लुक्छन रे
होशियार! क्षणमै त्यो जाग्न सक्छ
फेरि क्षणमै भाग्न सक्छ
कहिकतै झुक्याएर टोक्ला
रेविज लाग्न सक्छ।।
मुखमा रेविजग्रस्त र्याल बोक्दै
पुच्छरले झिङगा भगाउँदै
यो मौका पर्खिरहन्छ रे
एकाग्र भइकहिले
समजसेवा बोल्न सक्छ रे
क्षणमै देखिने कुकुर
क्षणमै हराउछ रे
अजकाल त झन
सुत्नै नसक्ने गरी रातभर कराउछ रे
साबधन ! स्वार्थको लागि रातभर जाग्न सक्छ
पर्दैन धेरै एक टोकाइमै रेविज लाग्न सक्छ।।
पर सुनेको यी सबै बौलाएका हुन् रे
घरको दाम्लो काटि भागेकान रे
फर्किन शाहस अझै छैन रे
मालिकले पत्याउने कुरै भएन
त्यसै भएर , उस्तै उस्तै मिली सधै घुक्छन् रे
सानालाई पेले पनि ठूला आउदा लुक्छ रे
एकदिन कुकुरहरु फर्कनसक्छन्
ढोका ढक्ढक्याउलान
खबर्दार! ढोका खोल्ने चेस्टा नगर
युगौ पछि कुकुर बौलाएर फर्केको छ
उस्तै टोकाइ पछि भाग्न सक्छ
फेरि रेविज लाग्न सक्छ!!!
कुनै अग्ला कुनै होचा समान छैन छानु ।।।
वोल्लो घर पल्लो घर समान छैन छानु
कुनै अग्ला कुनै होचा समान छैन छानु
भोक मिठो भोजन भन्दा त्यो त हो है हेर
,,,,,र पनि त कहा छन र बरबर मानु
सुनको थालमा खाने पनि भातै खाने गर्छन्
एक छाक चामल पाउँदा कोहि दङग पर्छन्
असमानता पर्याप्त छ त्यो त हो है हेर
साहुको रिन तिर्न नपाइ धेरै यहा मर्छन् ।।।।
आदर्शको कानुन भित्र माखेसाङ्ला लुक्छन्
मान्छे ठूला बिचार साना तर अझै भुक्छन्
आधा गाग्रा छचल्किन्छ त्यो त हो है हेर
बोलेजति पुर्याउन त्यस्ता सधै चुक्छन्
अझै पनि तिमीलाई घच्घच्याउछु सानु
कतै होला भोकमरी कतै सुनको छानु
बुझ्नुपर्ने धेरै हुन्छन् त्यो त हो है हेर
यत्तिकैमा भोलि आए थाप्नु पर्ला मानु
कुनै अग्ला कुनै होचा समान छैन छानु ।।।
रातको एकान्तमा दियो लिएर
रातको एकान्तमा दियो लिएर
तिमी लड्दै आ'उछौ रक्सी पिएर
दिन
आफैमा अभिशाप् भैरहेछ
जीवन
कुर्नैमै तिमीलाई गैरहेछ
कस्तो बिडम्बना
तिमी हासेर हेर त मेरो मन रोहिरहेछ।
जब छोरो सुत्छ
तब तिम्रो बाटो हेरी पर्खन्छु
अन्धकारमा जब रुन्छ
थम्थम्याउन म फर्कन्छु
तिमी जब आ'उछौ लर्बराउदै मात्तिदै
तब सिडी ओर्लन्छु म आत्तिदै
अझै पनि पीडामा तड्पी तड्पी बाँचिरहेछु
रक्सीबिनाको मनले हेर त
यी! हजारौ दुख लुकाई म हाँसीरहेछु।
जब,
जब पस्कन्छु थालमा म भात
बेहोसीमै
बजार्छौ मै माथी लात
मान्दैन मन तिमी टन्न पेट्मा आएपनि
तिम्रो कसम्,
माया अझै लाग्छ रक्सी खाएपनि
अझै तिम्रो आगमनमा सुख पाइरहेछु
राम्ररी सुन त ,
आर्तनाद होइन सुखको गीत म गाइरहेछु।
न त भोक हुन्छ दिनमा
एकान्त लाग्छ त
तिमीबिनाका ती छिनमा
हरछण,
तिम्रै निम्ती म बाँचिरहेछु
सुखी राख्न तिमीलाई,
छण छणको रोमन्छ नासिरहेछु
पतीको आखाले हेर त
नाङै पनि आज म बाँचिरहेछु।
सोच त,
रक्सी नखाएको रातमा
हामी दुई साथमा
गुलब लीई हातमा
आहा! सपना सचिरहेछु
त्यै छणको पर्खैमा
रोइरोइ आज म बाँचिरहेछु
साच्चै ,
चोखो आत्माले हेर त
हजारौ पीडा लुकाईकन म हाँसिरहेछु।।।
था'छ नानु हजार जँघार किन तरेँ मैले???
लावालस्कर बिचपनि तिम्रै भर परे मैले
मनमुग्ध मुस्कान र बानि असल हो कि कुनि
सिन्दूरले तिम्रै सिउँदो भर्ने सुर गरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले
कसम हाम्रा झुट छैनन् समयले त्यही भन्यो
त्यसैले त हाम्रो नाता यत्रतत्र छरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले
होलान् दुबो भुईचम्पा अर्काको त्यो बगैचामा
तर अब जे भएनि तिम्रै उधान् चरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले
आत्मियता भन्दा प्रथा ठूलो कहिल्लै छैन नानु
त्यसैले त कथित जातमा केहि तल झरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले
केहीले भने हामीबिचको मायाप्रिती फक्रन्छ रे
त्यही तथ्य बिपनीमै देख्नुपर्छ भरे मैले
त्यही विस्वास त्यही भरमा प्रेम गरेँ मैले
था'भो नानु हजार जँघार किन तरेँ मैले
लावालस्कर बिचपनि तिम्रै भर परे मैले