समान छैन छानु

मैले तिम्लाई बारम्बार भन्ने गर्थेँ सानु
वोल्लो घर पल्लो घर समान छैन छानु
कुनै अग्ला कुनै होचा समान छैन छानु


भोक मिठो भोजन भन्दा त्यो त हो है हेर
,,,,,र पनि त कहा छन र बरबर मानु

सुनको थालमा खाने पनि भातै खाने गर्छन्
एक छाक चामल पाउँदा कोहि दङग पर्छन्

असमानता पर्याप्त छ त्यो त हो है हेर
साहुको रिन तिर्न नपाइ धेरै यहा मर्छन् ।।।।

आदर्शको कानुन भित्र माखेसाङ्ला लुक्छन्
मान्छे ठूला बिचार साना तर अझै भुक्छन्

आधा गाग्रा छचल्किन्छ त्यो त हो है हेर
बोलेजति पुर्याउन त्यस्ता सधै चुक्छन्

अझै पनि तिमीलाई घच्घच्याउछु सानु
कतै होला भोकमरी कतै सुनको छानु

बुझ्नुपर्ने धेरै हुन्छन् त्यो त हो है हेर
यत्तिकैमा भोलि आए थाप्नु पर्ला मानु
कुनै अग्ला कुनै होचा समान छैन छानु ।।।

2 comments:

  1. सुनको थालमा खाने पनि भातै खाने गर्छन्
    एक छाक चामल पाउँदा कोहि दङग पर्छन्।
    --संपूर्ण गज़लनै धेरै राम्रोछ ता पनि यो शेर ले मन हर्षायो।
    भाई ले आफ्नु गज़ल मा राम्रो दर्शन मिसायो।

    ReplyDelete
  2. दाई धेरै धेरै धन्याबाद

    ReplyDelete