भात किन खान्छौ साथी ??????


भात किन खान्छौ साथी बाँच्न भन्यो उस्ले
फर्किएर मैले सोधेँ बाच्दैनौ र भुस्ले?
रिसाएर मलाई सोध्यो गोरु ठान्यौ क्या हो?
मैले भने सबै गाई तिम्रै हुन र प्याओ?

निहु किन खोज्छौ साथी मिल्नलाई भन्यो
यता मैले गन्न थाल्दा उता उस्ले गन्यो
अड्काउछ्स् बिचमा किन उसले मलाई सोध्यो
हात खुट्टा बाँधिदीयो गोद्नु मलाई गोद्यो

हस्पतालमा भेट्न आथ्यो हाइ के छ साथी
अझै पनि धारे हात लगाउदै म माथी
कानमा आई धम्की दियो कस्तो हुन्छ देखिस्?
पत्रकारलाई फर्कि भन्यो भेट्न आको लेखिस्?

आइन्दा घर छोडी कतै त नजालास्
तेर्स्याएर हात भन्यो नत्र फेरी खालास्
हात दिएँ मिलाउनलाई तिरस्कार भयो
पत्रकर देख्यौ तिम्ले भन्दै उ त गयो

पत्रिकामा समाचार हाम्रै आ'को र'छ
त्यस्मा पनि आलोचना मेरै भा'को रछ
भाँचिएको हात छाम्दै रुन पो थालेछु
धत्! दुधको सागरमा बिष पो हालेछु 

No comments:

Post a Comment