साथी तिम्ले


हजार गर्यो साथी तिम्ले मैले दुख पाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी

लाल्छाना नि लायौ साथी इज्जतसंग खेल्न आट्यौ
पानीसिस्नो लाउन आथ्यौ जङ्गल यो जाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी

सक्दो गर्यौ साथी तिम्ले इच्छा चाह सबै खोस्न
फूल अबिर लाउनभन्दा जुत्ता माला लाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी

बाँकि थेन भन्थे सबै अब केहि गर्न अरु
रक्सी नि त बाँडेथ्यौ रे मेरै गित गाओस भनी
देबी देउता सबै भाक्यौ मैले हन्डर खाओस भनी

कर्तब्यमा डराईन म बाधाहरु बिच पनि
स्वतन्त्र छाडिदिए जे चाहन्छ चाओस भनी
देबी देउता तिम्ले भाग्दा मैले हन्डर खाओस भनी

तिम्ले मलाई दुख कष्ट जे जति नै दिएपनि
पुकार गर्छु ज्ञान तिम्रो संसारमा छाओस भनी
देबी देउता तिम्ले भाग्दा मैले हन्डर खाओस भनी

हजार गर्यो साथी तिम्ले मैले दुख पाओस भनी
पुराणपनि ला'का थ्यौ रे मैले हन्डर खाओस भनी
पुकार गर्छु ज्ञान तिम्रो संसारमा छाओस भनी!!!



No comments:

Post a Comment