"गुरुर्ब्रह्मा गुरुबिष्णु गुरुदेव महेश्वोर ! "

नि:शन्देह आज म भन्न सक्छु ,

"गुरुर्ब्रह्मा गुरुबिष्णु गुरुदेवमहेश्वोरागुरुदेव परम्ब्रह्मा तस्मै श्री गुरुवे नम:"म जे छु त्यो गुरु कै क्रिपा हो। जन्मदिनासाथ आमा मेरो निमित्त प्रथम् गुरु भएर आउनुभयो: जब मैले बामे सर्न थाले तब बाबुले गुरुको रुप लिए। क र ख को तालमा बार्हखरी समाउदा गुरुले हात समाईदिनुभयो। त्यही हातको साहाराले मैले धेरै लेखेँ, पढेँ अनि बुझेँ। हो ! तिनै त्यस्तै गुरुलाई मेरो प्रणाम। सच्चरित्रता र ब्यबहारिक बाटो देखाउने गुरु बास्तबमा गुरु हुन। त्यस्ता गुरुहरु कमै होलान तर सर्बब्यापी छन्।सदगुरु परमेश्वर समान सर्बब्यापक सर्बज्ञ, सर्बशक्तिमान र क्रिपालु भई अज्ञान स्थलमा चेलाको चाल बुझ्नुहुन्छ। कोहि रमाउदा उन्मुक्त्त हासो हाँस्नु पनि हुदैन र रुनु पनि। बिजयमा हाँसेर पराजयमा रुने शिष्य वास्तबमा शिष्य होईन। अनपढ्, अज्ञानी र फटाहाले पनि त सफलता मनाउने गरेकै हुन असफलतमा खिन्न हुने गरेकै हुन। यि त परम्परका रुढिबादी संस्कार हुन तदर्थ: आजको शिष्यले युद्ध जितमात्र होइन भन्ने बुझ्नुपर्छ, फुलमाला र वाह! वाह!! सफलताका पर्याय होइनन् भन्ने चाल पाउनुपर्छ। हाँस्दैमा रमायो भन्ने सोच र रुदैमा हार्यो भन्ने भ्रम जसले हटाउन सक्छ उ असल शिष्य हो र जसले हटाईदिन्छन् उनि सदगुरु हुन। यस्ता कर्य गर्न वा गराउन केबल गुरुमात्र सक्षम छन् कारण:"न गुरोरधिकं तत्वम् न गुरोरधिक तपम्तत्वज्ञानत् परम् नास्ति तस्मै श्री गुरुवे नम:"गुरु वास्तबमै अनन्त हुनुहुन्छ। यो अनन्त भण्डारको प्रारब्ध धन भएर बसीरहेको हुन्छ। हमीलाई पक्कै थाहा छ: अनन्त सदा अनन्त नै रहिरहन्छ चाहे यो घटाइयोस, जोडीयोस्, भाग गरियोस् या त गुणा किनभने अनन्तबाट अनन्त घटाएमा अनन्त नै बाँकी रहन्छ, अनन्तलाई अनन्तले भाग गरेपनि त्यो अनन्त नै रहिरहन्छ। यस्ता महान् गुरुको लगौटी नसमाएर उफ्रिन तल्लिन धेरै गोरुहरु देख्न सकिन्छ जो आफैमा हांस्यप्रद छन् तर अरुको ब्याबहारमा हाँसेर अफैले आफ्नै आङ्को छारो उडाइरहेका हुन्छन्। गुरुको पत्ता नलागेको त्यस्ता गोरुहरुलाई गर्नै पो के सकिन्छ र? भिरबाट हाम्फाल्ने बाच्छोलाई राम्! राम!! नभनेर काँध थाप्न चाहि पक्कै गइन्न।गुरुको अनेकन महिमा गाउंदा एउटा प्रस्न उठ्न सक्छ, के गुरु गोरु भएको क्षणपनि होलान? यस प्रस्नमा म ठाडै भन्न सक्छु अहँ! कदापी हुन सक्दैन। गुरु त सर्बमान्य हुन महान हुन जो सार्थक जीबनको सगरमथा चढेर हमीलाई त्यतैतिर डाक्न कटवाल कराउनुहुन्छ "गुरुआर्दिअनादिस्च गुरु परम देवतम्गुरोर्परतरम् नास्ति तस्मै श्री गुरुवे नम:"तर धेरै गोरुहरुले गुरुको भेष धारण गरेको कुरालाई म नकार्न सक्दिनँ। यदी त्यसो नहुदो हो त वासको छडिले गुरुको हातलाई कहाँ शोभा दिन्छ र? अपशब्द, सजायँ अनि तिरस्कारले एउटा शिष्य जीवनदेखीनै हार खाएर इच्छा आकंक्षा र अभिलाशामा पुर्णबिराम दिइहाल्थ्यो होला र? वास्तबमा त्यस्ता क्रुरताहरु गुरुका बिशेषता नभएर गोरुका हुन जो मौका मिल्नासाथ कुनै न कुनै कुनाबाट हानिहाल्छ: फलत आजका धेरै जसो बिधालय नाटकमा गुरुको भेषमा सजिएका गोरुहरु हुन जस्को पुच्छर लुकाइएको प्रस्ट देख्न सकिन्छ।अन्तत्: सच्चा गुरुहरुलाई आज गुरु पुर्णीमाको दिनमा मेरो सर्हिदय धन्यबाद।!!!!!

No comments:

Post a Comment