हिर्काएर आफैलाई अस्तित्वमा लात मार्नेहरु
गुलाब तुलसी उखालेर बनमारा सार्नेहरु
अनुरोधको याचना म पल पल कराईरहन्छु
सुन्दर सपना स्रिजनाको त्यही स्वप्नमा हराईरहन्छु
बिन्ति आखा अब आसुमा अस्तित्व पाईदैन
सन्तुष्टी शान्त सौम्य अरुले पुर्ण भो चाहिदैन
आज थोपलका किनार माछा मार्ने रहर छ
शान्त सुक्ष्म अटल त्यै खोलामा विशाल शहर छ
गाउदै रमाउदै सदा म त्यो तटमा डुलिरहन्छु
तल-माथी मेरो धादिङ सुन्दर नगरमा म भुलिरहन्छु
त्यसैले त अब म चमेलिया गुराँस सार्दै छु
भो, धादिङ धेरै घोचियो अरेली नानिझार मार्दैछु
तिम्रो हातको स्रिजना ममा सुम्पन सक्यौ भने
दिनु त छदै छ आश मार्न पनि सक्यौ भने
सुन्दर धादिङ हाम्रो सपना परिकल्पना भोलि को हो
स्व:स्वार्थलाई तिलान्जलि नत्र भबिष्य झोलीको हो
उठौँ लागौँ कर्तब्य पथमा हात हाम्रा चिलाईरहेछन
यही त हो उठ्ने बेला जहा शोषक बिलाईरहेछन
बिस्वास राख आ-आफैमा हिमाल त्यसै हाँसिदिन्छ
नधोएमा रगत अब थोपल सधै बाँचिदिन्छ
त्रास बोक्ने खुला आकशमा कोइलीले गाउनेछन्
बन्दुकमा खुम्चिएका बनपाखा द्रिढतामा सुसाउनेछन्
मरी लानू के छ र भन्दै खेल्नेछन् डाडाहरु
भाई-भाई त मिल आफै पन्छिनेछन् कांडाहरु
माइसंसारको यो आर्काइभ हो
12 years ago
No comments:
Post a Comment