,,,,,,,,,,,,,,,,,,,,,,,,,,,


p Zj]t, 5fnf ;]tf] 5
d cZj]t, 5fnf sfnf] 5
dgf]M lj1fgn] eGbf] /5
Zj]t x'F eGg]sf] dg sfnf]
cZj]tsf] dg ;]tf] x'G5 /]
eg, xfdL b'O{df s'g /f]H5f} <

p Ao:t /xG5 / sdfpF5
d Ao:t /xG5' clg /dfpF5'
cy{M la1fgn] eGbf] /5
sdfpFg]n] /dfpFg hfGb}g
/dfpFg]n] sdfpFg hfGb}g /]
Efg, xfdL b'O{df s'g /f]H5f} <

p hLpF5, vfgsf] nfuL
d vfG5', hLpFgsf] nfuL
>d la1fgn] eGbf] /5
Vffgsf] nfuL hLpg] x'g] vfg]
hLpgsf] nfuL vfg] x'bf vfg] /]
eg, xfdL b'O{df s'g /f]H5f} <

p sf/ r95, df]hf uGxfpF5
d df]hf w'G5', k}bn lx85'
;dfh la1fgn] eGbf] /5
Dff]hf uGxfpg]n] kl/>d hfGb}g
k}bn lx8g]n] b'Mv 7fGb}g /]
eg, xfdL b'O{df s'g /f]H5f} <


पड्काउन तिम्ले


( निराशमात्र लेख्यो भनी कराउन थाले
धोका खायो क्यारे भनी डराउन थाले......
त्यसैले यो भिन्न प्रकारको कथन हजुरहरु समक्ष ................ )

सुरु गर्यौ जापानबाट पड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

भियतनामका सोझा जन्ता एउटै चिहान पार्यौ
छोडेनौ है प्यालेस्टाईनलाई चड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

तेल खोज्दै इराकको खानीभित्र पस्यौ
कहिले छाड्छौ आफ्नै फौज छड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

अफगान-पाक् पनि तिम्रै मुलुकजस्तो अरे
के गरेनौ भारत-पाक भड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

आशा थियो ओबामाको कालो अनुहारमा
शान्त विश्व छोडेनौ है रड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

हराएको चिज पाउदा रुन मन लाग्यो

हराएको चिज पाउदा रुन मन लाग्यो
छोटो जिबन हरपलसंगै हुन मन लाग्यो

आउदैनन् यस्ता दिन घरीघरी यहाँ
खुशियाली बाँड्न हात छुन मन लाग्यो

खडेरीका दिन एक्लै कती काट्नु अब
शितलता अधेरीको जुन हुन मन लाग्यो

एक्लो जिबन उराठ हुन्छ कती बाँचम् अझै
मिली जिउँ एकान्तका हात धुन मन लाग्यो

पत्याउदैनौ भने यदी मैले माया गर्छु
अङ्ग-अङ्ग घुमीबग्ने खुन हुन मन लाग्यो

साच्चै नानु एकोहोरो जिबन यो जिउदा
तिमीलाई सम्झी धुरुधुरु रुन मन लाग्यो
तिम्रो लागी पागल सरी हुन मन लाग्यो ।

रङमञ्च छोडी जान्छु राम्रो नाच्नु नानु


आसु पुछ्दै रुमालले मन्दमन्द हास्छौ भने
पीडा लुकाई सधैभरी एक्लै तिमी बाँच्छौ भने

लामो बाटो जिन्दकीको रुदै-रुहाउदै हिड्ने रहर
बिपनीलाई बन्द गरी सपनीमा नाच्छौ भने
पीडा लुकाई सधैभरी एक्लै तिमी बाँच्छौ भने

भन्नु केही छैन प्रिया भने तिमी संसार हौ
खुसीनै छु यो मन छोडी अन्तै माया गास्छौ भने
आसु छाडी प्रगतीको मिठो मुस्कान हाँस्छ्यौ भने

पाउनु मेरो ध्येय होला गुमाउनु तिम्रो
खुशीनै छु अन्तै जीइ पीडा नास्छौ भने
प्रगतीको मिठो मुस्कान तब हाँस्छ्यौ भने

आसु तिम्रो मेरो नि हो नरुनु है नानु
मेरो आत्मा तिम्रो नै हो यदी कास्छौ भने
सयौ दुरी टाढा जान्छु तिमी हास्छौ भने

संयोगले भेट भयो धेरै नजिक पनि
ठिकै छ नि मुना-प्रेम आफै नास्छौ भने
मबिनाको जिबनमा तिमी हास्छौ भने

रङमञ्च छोडी जान्छु राम्रो नाच्नु नानु
पिडा बोकी फर्कन्छु म तिमी हास्नु नानु



आशा राख आँगनमा बल्छ नयाँ दियो

नेपाल देशको एउटा गाउँमा गरिब अछुत रै'छ
उसकै स्वास्नी बाहुनीलाई बोक्सिनी पो भै'छ
उसले हेर्दा आखा लाग्ने छोए पाप अरे
भोक,प्यास त्यस्मा घ्र्णा भाग्य कस्तो हरे
सोध्न मन छ केही कुरा पाउछु पाउँदिन
कोही बाहुन भनिदेउ न लुगै म लाउँदिन
सर्कीले सिएको छ लाउँदिन यो जुत्ता
अछुतहरु मान्छे होईनन् सबै लम्फु भुत्ता
अनि सोच,
अछुतको घरमा खाई कुन चाही देब मर्यो
शास्त्र खोक्ने पुरेतबाले प्रमाण बोक्नु पर्यो
फुकाएमा तिम्रै मुखले छेकथुन सबै खुल्छ
तिम्रै कारण सन्तानले आफ्नै पुर्खा भुल्छ
होटल पसी पुरेतबा नि म आई भन्ने गर्छन्
लाज छेक्न, प्राण धान्न अछुतकै भर पर्छन
पुरेतबाले दक्षिणा त धेरै पाउँन थाले
तातो मम छाडिसके ताक्छन् अरे भाले
बिचार ठूलो हो है पुरेत नभन हो जात
तिमीपनि जाडले लड्छौ उस्तै नै हो मात
अन्यायको खेती तिमी अझै कति गर्छौ
दक्षिणा र टपरीको भरै कति पर्छौ
म त भन्छु,
पुरेत बा र कामी दाईको चालचलन उस्तै
काटे रगत उस्तै आउने अनुहार छ दुरुस्तै
साझा हाम्रो देश नेपाल रमाउन हामी
बाहुन खाउ, दमाई पकाउ पस्किदेउ है कामी
सभ्यतालाई फेर्नुपर्छ अछुतले पनि
फोहोरी त नबन है साना जात हौ भनि
घर आँगन सफा राख्दै नुहाउनु नित्य
सानो ठूलो जातको बार हट्ने छ कुक्ऋत्य
ज्यु ज्यु हजुर बराजुका पाला हटी जालान्
पुरेत बाले अछुत घरको सोह्र सराद खालान्
आशा राख आँगनमा बल्छ नयाँ दियो
दमाई बोक्लान बेदका ठेली बाहुन बोक्लान सियो
तर,
सभ्यतालाई फेर्नुपर्छ अछुतले पनि
फोहोरी त नबन है साना जात हौ भनि
सुरुवात आफैबाट गर्नुपर्छ हेर
खाने बानी, बोल्ने शैली आजैबाट फेर
अनि त,
नेपाल नामक फुलबारीमा रमाउँदा हामी
दमाई नाच्छन्,बाहुन खान्छन् पस्किदिन्छन् कामी

नारी

उनी ऋष्टी हुन, सँसार ढाक्ने आधा आकाश, समाजको सुन्दर गहना, हिजोको संस्थापक र भोलिको प्रतिपादक तर पनि उनी प्रताडित छिन, खोसिएकी छिन, लुटिएकी छिन ।
उनी छोरीलाई जन्म दिन्छिन तर त्यही छोरीरुपि नारीहरुले उनको खिल्लि उडाईरहेका हुन्छन्। उनी बुहारी हुदा सासु बनेर पीडा दिन्छन्, बिधवा वा एक्लो हुदा पधेर्नी बनेर कुरा काट्छन। उनले दुख पाउदा हासो बनेर खित्किन्छन तिनै आरिसे नारीहरु। नारी समानताका भाषण गर्छन तर छोराले बिधवासंग बिहे गर्छु भन्दा मर्ने धम्की दिन्छन्। पटक पटक बिहे गर्ने महादेब र पार्बतीको पुजा गर्छन तर दोश्रो बिबाह गर्दा पोइला गइ भन्दै खेदो खन्छन तिनै नारीहरु ।हाँसेर कोहीसंग बोलेको देख्दा बेष्या भन्न पछि पर्दैनन्, प्रगती गरेको देख्दा आरिस गर्छन तर प्रगतीको बाटो सिक्दैनन् । कुरा काट्नुलाई धर्म मान्छन् । आफुले पढ्न पाईन भनेर दुख पनि गर्छन् तर छोरीलाई धेरै पढाउन हुदैन भन्ने कुरामा उनिहरुनै अडिक रहन्छन्। स्वतन्त्रताको पखेटा फड्काउन नदिने तिनै आमाहरु र हजुरआमाहरु नारीनै हुन, जिबनमा आफ्नो बाटो रोज्ने चाहनालाई कुसंस्कारको संज्ञा दिने पनि तिनै हुन। नारी बजेटका चिल्ला गाडीमा गुड्ने हाकिमनी पनि नारी; यातायात र पैसाको अभाबले प्रसय पिडामा तड्पि तड्पि प्राण त्याग्ने पनि नारी । महिला बिकासको नाममा मसिनो खाने पनि नारी, आफ्नै पाखुरा र पसिनाको खोले दुई छाक खान नपाउने पनि नारी । कतै आवाज मात्र काम छैन त कतै नकाममात्र आवाज छैन तर दुबै काशी र कुत्तीको कहानी ।
छोरोलाई जन्म दिन्छिन् तर त्यही छोरोरुपि पुरुषले उनको अस्तित्व लुटिरहेको हुन्छ, परिचय गुमनाम बनाईरहेको हुन्छ। उ कुरा गर्छ पुरुस्वार्थको तर असक्ष्यम छ बुझ्न नारी अन्तर्आत्माको । अर्काको बिलौनामा खुम्चिम मार्ने उ आफ्नो असक्षमतामा नारीलाई नै दोषि बनाउँछ । उ ढुङ्गाको देविलाई पुजा गर्छ तर साक्षत देबिको अपमान गर्छ। आफुले गरेका सहबासको कथा बिर्सेर फलानो केटीले यसो गरी भन्दै सुचना दिएको भनेर खुब ठुलो पत्रकार बन्नको लागी अर्काको जिबनमा खेलबाड गर्छ। अमेरिकाजस्ता देशको तुलनामा पत्रकारीताको बर्णन गर्छ तर बिर्सन्छ याहा हजारौ त्यस्ता भिडियो छन तर कहिले कुनैको चर्चा र अपमान हुदैन । समाचार बन्न सक्छ तर घ्रिणा बन्दैन ।
कसैको ब्याक्तिगत कुरालाई त्यत्रो महत्तो दिने पत्रकार र महिला अधिकारकर्मीहरु सुन्तली धामी रुदा कहा गए, अझ रुदैछिन अन्याए भयो भनेर तर खोई सुनुवाई ? भिम रावलले नारी अधिकार खल्तीमा राखेर घुम्दा के हेर्दै थियो त्यो नारी समाज अनि पत्रकार भनाउँदाहरु । लुकाईेको वा लुकाएर हेरिएको भिडियोलाई चर्चामा ल्याउनेले पत्रकार सम्मेलन गर्दै पोखिएको आसुँको खोई महत्तो बुझ्न सकेको? लुकाएको खोज्न सक्नेले देखाएको हेर्न नसक्नु कस्तो हो त्यो चरित्र? एउटाले होइन भन्दैछिन हो कि हो ले भबिष्य बिगार्दिदै छौ, अर्कीले हो कि हो भन्दै रुदैछिन सुनेको नसुनेकै गरेर भबिष्य बिगर्दिदै छौ, के पत्रकारीता र बिदेशी डलर दुबै अधिकारको लागीभन्दा चर्चाको लागी मात्र हो?
अनुत्तरित यो प्रश्न म सोधिनै रहन्छु तबसम्म जबसम्म बास्तबिक नारी उत्थानको आशाको दियो यो समाजमा बल्दैन।

मनका ब्यथा भुलाएर उडी जाने चरी


मनका ब्यथा भुलाएर उडी जाने चरी
चरी जस्तै चन्चल तिमी भुलु म कसरी
- - - - - -
अस्ताएका घाम अनि मधुर दिनको हाँसो
के नै रह्यो बाँकी अब तिम्रो भन्नु नासो
घाम लागोस् अब यहा या त परोस् झरी
अतितले रुन्छ मन बुझाउँ कसो गरी
- - - - - -
आउने आशमा चौतरीमा कुर्थे भारी राखी
पर्खन्थे म तिम्रै बाटो सिद्धामाई भाकी
लाश नै त रैछ जिवन आश मरी जादा
नरुनु नि तिम्रै छेउ मेरो लाश लादा
- - - - - -
बाचाहरु सल्किएर बढ्दा मनमा राप
कोट्याएर हेर्छु अतित् कहा भयो पाप
समय नै खोटो हो कि भाग्य मेरो खोटी
उत्तम जिवन मधुर मुस्कान चाह कोटी कोटी
- - - - - -
आत्तिएर पाईलाहरु हड्बडाए माया
तिम्रै नजिक हुनेछु म हेर्ने गर्नु छाया
जिवनको रथ तिम्रो हाक्नु साथ साथ
कठिन मोड आए कतै हिड्नु समाई हात

मनका ब्यथा भुलाएर उडी जाने चरी
चरी जस्तै चन्चल तिमी भुलु म कसरी



चाह, मनको ढुकढुकी चरेर त हेर

केही क्षण मिठा बात गरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर

कस्ले भन्यो परायाको छड्के आँखा छैन
एक दुई पटक मन्द मुस्कान छरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर

भेल हो की साच्चै ठुलो पिरतीको खोला
कठिन त पक्कै छैन तरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर

हास्छौ किन पिरतीमा कोही मर्यो सुन्दा
पत्यार पाउन पिरतीमा परेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर

उमेरमा उन्मुक्तता नहासेकै राम्रो नानु
ओईलिएको गुलाफ जस्तै झरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर

केही क्षण मिठा बात गरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर



गुन लाउँन जानिन कि

नाताहरु जोडिएर किन टुट्छन कुनी 
गुन लाउँन जानिन कि जातै हो बैगुनी

जति कस्यो उती कमजोर पिरतीको गाँठो 
प्रतिक्ष्यामै काट्छु अब बाँकी मेरो जुनी 
गुन लाउँन जानिन कि जातै हो बैगुनी

जम्काभेट जब हुन्छ तब कोल्टे फेर्छिन 
प्रेम मलाई नगरेनि मिठो बोल्दे हुनी 
गुन लाउँन जानिन कि जातै हो बैगुनी 

खुन छैन जस्तो लाग्थ्यो सबै गुनै गुन
गुन बाहिर देखिएनि आत्मा रैछ खुनी
गुन लाउँन जानिन कि जातै हो बैगुनी 

तिमी खोज, चुन अनि चुम गालाहरु
यो आत्माको सम्बाहक मैले तिम्लाई चुनी
गुन लाउँन जानिन कि जातै हो बैगुनी 

जहा बस खुसी बस हास्ने मौका देउ
रुदिनँ म तिम्रो यादमा अब किन रुनि  
गुन लाउँन जानिन कि जातै हो बैगुनी

नाताहरु जोडिएर किन टुट्छन कुनी 

गुन लाउँन जानिन कि जातै हो बैगुनी