पड्काउन तिम्ले


( निराशमात्र लेख्यो भनी कराउन थाले
धोका खायो क्यारे भनी डराउन थाले......
त्यसैले यो भिन्न प्रकारको कथन हजुरहरु समक्ष ................ )

सुरु गर्यौ जापानबाट पड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

भियतनामका सोझा जन्ता एउटै चिहान पार्यौ
छोडेनौ है प्यालेस्टाईनलाई चड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

तेल खोज्दै इराकको खानीभित्र पस्यौ
कहिले छाड्छौ आफ्नै फौज छड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

अफगान-पाक् पनि तिम्रै मुलुकजस्तो अरे
के गरेनौ भारत-पाक भड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

आशा थियो ओबामाको कालो अनुहारमा
शान्त विश्व छोडेनौ है रड्काउन तिम्ले
देश-देश बिचको नाता भड्काउन तिम्ले

No comments:

Post a Comment