केही क्षण मिठा बात गरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर
कस्ले भन्यो परायाको छड्के आँखा छैन
एक दुई पटक मन्द मुस्कान छरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर
भेल हो की साच्चै ठुलो पिरतीको खोला
कठिन त पक्कै छैन तरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर
हास्छौ किन पिरतीमा कोही मर्यो सुन्दा
पत्यार पाउन पिरतीमा परेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर
उमेरमा उन्मुक्तता नहासेकै राम्रो नानु
ओईलिएको गुलाफ जस्तै झरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर
केही क्षण मिठा बात गरेर त हेर
चाह, मनको ढुकढुकी चरेर त हेर
माइसंसारको यो आर्काइभ हो
12 years ago
No comments:
Post a Comment