उनी ऋष्टी हुन, सँसार ढाक्ने आधा आकाश, समाजको सुन्दर गहना, हिजोको संस्थापक र भोलिको प्रतिपादक तर पनि उनी प्रताडित छिन, खोसिएकी छिन, लुटिएकी छिन ।
उनी छोरीलाई जन्म दिन्छिन तर त्यही छोरीरुपि नारीहरुले उनको खिल्लि उडाईरहेका हुन्छन्। उनी बुहारी हुदा सासु बनेर पीडा दिन्छन्, बिधवा वा एक्लो हुदा पधेर्नी बनेर कुरा काट्छन। उनले दुख पाउदा हासो बनेर खित्किन्छन तिनै आरिसे नारीहरु। नारी समानताका भाषण गर्छन तर छोराले बिधवासंग बिहे गर्छु भन्दा मर्ने धम्की दिन्छन्। पटक पटक बिहे गर्ने महादेब र पार्बतीको पुजा गर्छन तर दोश्रो बिबाह गर्दा पोइला गइ भन्दै खेदो खन्छन तिनै नारीहरु ।हाँसेर कोहीसंग बोलेको देख्दा बेष्या भन्न पछि पर्दैनन्, प्रगती गरेको देख्दा आरिस गर्छन तर प्रगतीको बाटो सिक्दैनन् । कुरा काट्नुलाई धर्म मान्छन् । आफुले पढ्न पाईन भनेर दुख पनि गर्छन् तर छोरीलाई धेरै पढाउन हुदैन भन्ने कुरामा उनिहरुनै अडिक रहन्छन्। स्वतन्त्रताको पखेटा फड्काउन नदिने तिनै आमाहरु र हजुरआमाहरु नारीनै हुन, जिबनमा आफ्नो बाटो रोज्ने चाहनालाई कुसंस्कारको संज्ञा दिने पनि तिनै हुन। नारी बजेटका चिल्ला गाडीमा गुड्ने हाकिमनी पनि नारी; यातायात र पैसाको अभाबले प्रसय पिडामा तड्पि तड्पि प्राण त्याग्ने पनि नारी । महिला बिकासको नाममा मसिनो खाने पनि नारी, आफ्नै पाखुरा र पसिनाको खोले दुई छाक खान नपाउने पनि नारी । कतै आवाज मात्र काम छैन त कतै नकाममात्र आवाज छैन तर दुबै काशी र कुत्तीको कहानी ।
छोरोलाई जन्म दिन्छिन् तर त्यही छोरोरुपि पुरुषले उनको अस्तित्व लुटिरहेको हुन्छ, परिचय गुमनाम बनाईरहेको हुन्छ। उ कुरा गर्छ पुरुस्वार्थको तर असक्ष्यम छ बुझ्न नारी अन्तर्आत्माको । अर्काको बिलौनामा खुम्चिम मार्ने उ आफ्नो असक्षमतामा नारीलाई नै दोषि बनाउँछ । उ ढुङ्गाको देविलाई पुजा गर्छ तर साक्षत देबिको अपमान गर्छ। आफुले गरेका सहबासको कथा बिर्सेर फलानो केटीले यसो गरी भन्दै सुचना दिएको भनेर खुब ठुलो पत्रकार बन्नको लागी अर्काको जिबनमा खेलबाड गर्छ। अमेरिकाजस्ता देशको तुलनामा पत्रकारीताको बर्णन गर्छ तर बिर्सन्छ याहा हजारौ त्यस्ता भिडियो छन तर कहिले कुनैको चर्चा र अपमान हुदैन । समाचार बन्न सक्छ तर घ्रिणा बन्दैन ।
कसैको ब्याक्तिगत कुरालाई त्यत्रो महत्तो दिने पत्रकार र महिला अधिकारकर्मीहरु सुन्तली धामी रुदा कहा गए, अझ रुदैछिन अन्याए भयो भनेर तर खोई सुनुवाई ? भिम रावलले नारी अधिकार खल्तीमा राखेर घुम्दा के हेर्दै थियो त्यो नारी समाज अनि पत्रकार भनाउँदाहरु । लुकाईेको वा लुकाएर हेरिएको भिडियोलाई चर्चामा ल्याउनेले पत्रकार सम्मेलन गर्दै पोखिएको आसुँको खोई महत्तो बुझ्न सकेको? लुकाएको खोज्न सक्नेले देखाएको हेर्न नसक्नु कस्तो हो त्यो चरित्र? एउटाले होइन भन्दैछिन हो कि हो ले भबिष्य बिगार्दिदै छौ, अर्कीले हो कि हो भन्दै रुदैछिन सुनेको नसुनेकै गरेर भबिष्य बिगर्दिदै छौ, के पत्रकारीता र बिदेशी डलर दुबै अधिकारको लागीभन्दा चर्चाको लागी मात्र हो?
अनुत्तरित यो प्रश्न म सोधिनै रहन्छु तबसम्म जबसम्म बास्तबिक नारी उत्थानको आशाको दियो यो समाजमा बल्दैन।
माइसंसारको यो आर्काइभ हो
12 years ago
No comments:
Post a Comment