आसु पुछ्दै रुमालले मन्दमन्द हास्छौ भने
पीडा लुकाई सधैभरी एक्लै तिमी बाँच्छौ भने
लामो बाटो जिन्दकीको रुदै-रुहाउदै हिड्ने रहर
बिपनीलाई बन्द गरी सपनीमा नाच्छौ भने
पीडा लुकाई सधैभरी एक्लै तिमी बाँच्छौ भने
भन्नु केही छैन प्रिया भने तिमी संसार हौ
खुसीनै छु यो मन छोडी अन्तै माया गास्छौ भने
आसु छाडी प्रगतीको मिठो मुस्कान हाँस्छ्यौ भने
पाउनु मेरो ध्येय होला गुमाउनु तिम्रो
खुशीनै छु अन्तै जीइ पीडा नास्छौ भने
प्रगतीको मिठो मुस्कान तब हाँस्छ्यौ भने
आसु तिम्रो मेरो नि हो नरुनु है नानु
मेरो आत्मा तिम्रो नै हो यदी कास्छौ भने
सयौ दुरी टाढा जान्छु तिमी हास्छौ भने
संयोगले भेट भयो धेरै नजिक पनि
ठिकै छ नि मुना-प्रेम आफै नास्छौ भने
मबिनाको जिबनमा तिमी हास्छौ भने
रङमञ्च छोडी जान्छु राम्रो नाच्नु नानु
पिडा बोकी फर्कन्छु म तिमी हास्नु नानु
No comments:
Post a Comment