आशा राख आँगनमा बल्छ नयाँ दियो

नेपाल देशको एउटा गाउँमा गरिब अछुत रै'छ
उसकै स्वास्नी बाहुनीलाई बोक्सिनी पो भै'छ
उसले हेर्दा आखा लाग्ने छोए पाप अरे
भोक,प्यास त्यस्मा घ्र्णा भाग्य कस्तो हरे
सोध्न मन छ केही कुरा पाउछु पाउँदिन
कोही बाहुन भनिदेउ न लुगै म लाउँदिन
सर्कीले सिएको छ लाउँदिन यो जुत्ता
अछुतहरु मान्छे होईनन् सबै लम्फु भुत्ता
अनि सोच,
अछुतको घरमा खाई कुन चाही देब मर्यो
शास्त्र खोक्ने पुरेतबाले प्रमाण बोक्नु पर्यो
फुकाएमा तिम्रै मुखले छेकथुन सबै खुल्छ
तिम्रै कारण सन्तानले आफ्नै पुर्खा भुल्छ
होटल पसी पुरेतबा नि म आई भन्ने गर्छन्
लाज छेक्न, प्राण धान्न अछुतकै भर पर्छन
पुरेतबाले दक्षिणा त धेरै पाउँन थाले
तातो मम छाडिसके ताक्छन् अरे भाले
बिचार ठूलो हो है पुरेत नभन हो जात
तिमीपनि जाडले लड्छौ उस्तै नै हो मात
अन्यायको खेती तिमी अझै कति गर्छौ
दक्षिणा र टपरीको भरै कति पर्छौ
म त भन्छु,
पुरेत बा र कामी दाईको चालचलन उस्तै
काटे रगत उस्तै आउने अनुहार छ दुरुस्तै
साझा हाम्रो देश नेपाल रमाउन हामी
बाहुन खाउ, दमाई पकाउ पस्किदेउ है कामी
सभ्यतालाई फेर्नुपर्छ अछुतले पनि
फोहोरी त नबन है साना जात हौ भनि
घर आँगन सफा राख्दै नुहाउनु नित्य
सानो ठूलो जातको बार हट्ने छ कुक्ऋत्य
ज्यु ज्यु हजुर बराजुका पाला हटी जालान्
पुरेत बाले अछुत घरको सोह्र सराद खालान्
आशा राख आँगनमा बल्छ नयाँ दियो
दमाई बोक्लान बेदका ठेली बाहुन बोक्लान सियो
तर,
सभ्यतालाई फेर्नुपर्छ अछुतले पनि
फोहोरी त नबन है साना जात हौ भनि
सुरुवात आफैबाट गर्नुपर्छ हेर
खाने बानी, बोल्ने शैली आजैबाट फेर
अनि त,
नेपाल नामक फुलबारीमा रमाउँदा हामी
दमाई नाच्छन्,बाहुन खान्छन् पस्किदिन्छन् कामी

No comments:

Post a Comment