हराएको चिज पाउदा रुन मन लाग्यो
छोटो जिबन हरपलसंगै हुन मन लाग्यो
आउदैनन् यस्ता दिन घरीघरी यहाँ
खुशियाली बाँड्न हात छुन मन लाग्यो
खडेरीका दिन एक्लै कती काट्नु अब
शितलता अधेरीको जुन हुन मन लाग्यो
एक्लो जिबन उराठ हुन्छ कती बाँचम् अझै
मिली जिउँ एकान्तका हात धुन मन लाग्यो
पत्याउदैनौ भने यदी मैले माया गर्छु
अङ्ग-अङ्ग घुमीबग्ने खुन हुन मन लाग्यो
साच्चै नानु एकोहोरो जिबन यो जिउदा
तिमीलाई सम्झी धुरुधुरु रुन मन लाग्यो
तिम्रो लागी पागल सरी हुन मन लाग्यो ।
माइसंसारको यो आर्काइभ हो
12 years ago
No comments:
Post a Comment