सुन्छु,
सहरमा कुकुरहरु छ्यास्ब्यास्ति छन् रे
कहिले टन्टलापुर घाममा तातिन्छन् रे
कहिले सडकपेटीमा उफ्रिउफ्रि मातिन्छन रे
सोझा साझा आए घुक्छन रे
बलिया कोहि आए लुक्छन रे
होशियार! क्षणमै त्यो जाग्न सक्छ
फेरि क्षणमै भाग्न सक्छ
कहिकतै झुक्याएर टोक्ला
रेविज लाग्न सक्छ।।
मुखमा रेविजग्रस्त र्याल बोक्दै
पुच्छरले झिङगा भगाउँदै
यो मौका पर्खिरहन्छ रे
एकाग्र भइकहिले
समजसेवा बोल्न सक्छ रे
क्षणमै देखिने कुकुर
क्षणमै हराउछ रे
अजकाल त झन
सुत्नै नसक्ने गरी रातभर कराउछ रे
साबधन ! स्वार्थको लागि रातभर जाग्न सक्छ
पर्दैन धेरै एक टोकाइमै रेविज लाग्न सक्छ।।
पर सुनेको यी सबै बौलाएका हुन् रे
घरको दाम्लो काटि भागेकान रे
फर्किन शाहस अझै छैन रे
मालिकले पत्याउने कुरै भएन
त्यसै भएर , उस्तै उस्तै मिली सधै घुक्छन् रे
सानालाई पेले पनि ठूला आउदा लुक्छ रे
एकदिन कुकुरहरु फर्कनसक्छन्
ढोका ढक्ढक्याउलान
खबर्दार! ढोका खोल्ने चेस्टा नगर
युगौ पछि कुकुर बौलाएर फर्केको छ
उस्तै टोकाइ पछि भाग्न सक्छ
फेरि रेविज लाग्न सक्छ!!!
माइसंसारको यो आर्काइभ हो
12 years ago