था'छ नानु हजार जँघार किन तरेँ मैले???

था'छ नानु हजार जँघार किन तरेँ मैले
लावालस्कर बिचपनि तिम्रै भर परे मैले

मनमुग्ध मुस्कान र बानि असल हो कि कुनि
सिन्दूरले तिम्रै सिउँदो भर्ने सुर गरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले

कसम हाम्रा झुट छैनन् समयले त्यही भन्यो
त्यसैले त हाम्रो नाता यत्रतत्र छरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले

होलान् दुबो भुईचम्पा अर्काको त्यो बगैचामा
तर अब जे भएनि तिम्रै उधान् चरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले

आत्मियता भन्दा प्रथा ठूलो कहिल्लै छैन नानु
त्यसैले त कथित जातमा केहि तल झरेँ मैले
था'छ नानु हजार जँघार किन तरेँ मैले

केहीले भने हामीबिचको मायाप्रिती फक्रन्छ रे
त्यही तथ्य बिपनीमै देख्नुपर्छ भरे मैले
त्यही विस्वास त्यही भरमा प्रेम गरेँ मैले

था'भो नानु हजार जँघार किन तरेँ मैले
लावालस्कर बिचपनि तिम्रै भर परे मैले

यो यात्रा सुनौलो छ

यो यात्रा सुनौलो छ अनि साथ तपाईँको पनि। यो नयाँ हो ! बिल्कुल नयाँ ब्लग। नजान्दा नजान्दै पनि जे त होस भनेर बनाएको। गर्नु पर्ने धेरै छन जसका लागि तपाईँको साथ अनिबार्य छ।